न साथीभाइ न त प्रेमिकामा भेट्टियो

 

न साथीभाइ न त प्रेमिकामा भेट्टियो

साचो माया मात्र बाआमामा भेटियो

हिजो आफ्नै आगनिमा सारेको फूल

आज पराइको बगैचामा भेटियो

जस्लाई बिर्सेंको पनि बर्सौ भईसक्यो

उस्कै तस्बिर आज ऐनामा भेटियो

सोच्थे खुशी छन उनी पराईको काख्मा

सिँगो सागर उन्को आँखामा भेटियो

संयोग भनौ या यस्लाइ असर मायाको

उन्को स्वाभाव मेरा बच्चामा भेटियो

केवल उनी गुमनामका गजलमा होइन

गुमनाम पनि उनका कबितामा भेटियो